अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट

0 Shares

काठमाडौँ
नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ गरेकी छन् ।
अध्यक्ष प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेकी हुन् । भेटको अवसरमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुङ्गोमा पु¥याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वका धेरै नै सफल र उत्कृष्ट भएको बताइन । सोही क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुत बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना गरेका छन् ।

सम्बन्धित समाचार