0
Shares
काठमाडौं । सरकारले प्रकाशप्रसाद पोखरेललाई नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । यसैगरी, बैठकले एसीयाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने ऋण र सहयोग लिने निर्णय गरेको छ ।
यस क्रममा ११० मिलियन अमेरिकी डलर (करिब १४ अर्ब ६३ करोड) र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्वीकार्न नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिवहरू इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गरेको छ ।