0
Shares
काठमाडौं । जिल्लाको गोदावरी नगरपालिकामा १० वर्षीय बालकको शव फेला परेको छ । गोदावरी ४ बसन्तपुरका बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।
प्रहरीका अनुसार बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको हो । अबोध बालक झुण्डिएको अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।
मृत बालकको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।