वैद्य नेतृत्वको पार्टी फेरी फुट्यो

0 Shares

काठमाडौँ
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पुनः विभाजित भएको छ । पार्टीका सचिवालय सदस्य र केन्द्रीय आयोग सदस्य गरी ८ जनाले पार्टी छोडेका हुन् ।
पार्टी छोड्नेमा पार्टी सचिवालय सदस्य भूपेन्द्र न्यौपाने (सङ्कुल),हरिकृष्ण गजुरेल (भास्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा) ,हरिब खाँ (विशाल) क.शिलु न्यौपाने (रोशी), सुनिता बुढाथोकी लगायतका नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन गरेको जनाएका छन् ।
वैद्य नेतृत्वको पार्टीमा युवाहरूलाई भूमिका नदिएपछि पार्टी छोडेका हुन् । पार्टी भित्रका सशक्त भूमिका खेल्ने युवाहरूले नै पार्टी विभाजन गरेपछि अब त्यो पार्टीको अवस्था के होला भन्ने प्रश्न उठेको छ । पुराना नेताहरूले युवा नेताहरूको चाहाना नबुझ्नु पार्टी सङ्गठनलाई कछुवा गतिमा अगाडि बढाउनु र युवाहरूलाई नेतृत्व दिन नचाहनु पनि पार्टी फट्को प्रमुख कारण भएको नेताहरूले बताएका छन् ।

सम्बन्धित समाचार