माओवादी बैठक २ बजेका लागि सर्यो

0 Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजे बैठक बस्ने भनिए पनि गृहकार्य नपुगेको भन्दै दिउसो २ बजेका लागि सरेको हो ।

बैठक सकेसम्म आजै सक्ने तयारी छ । भोलि संसद भएकाले छिट्टै बैठक सकेर केन्द्रीय समिति बैठक बोलाउनु पर्छ भन्ने कतिपय नेताको भनाई छ । तर, सबै नेताले आफ्नो धारणा राख्न खोजेमा आजै बैठक सकिने अवस्था कम देखिएको छ ।

माओवादी स्थायी समिति बैठक गत शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी समिति बैठक बसेर छलफल गरी रहेको छ । बैठकमा समसामायिक राजनीतिक परिस्थिति, पार्टी र संगठन निर्माण, जनवर्गीय संगठनको सम्मेलन र विचार मिल्नेसंग एकता गर्ने एजेण्डा बनाएको छ ।

सम्बन्धित समाचार