0
Shares
काठमाडौं । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ ।
चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय प्रहरी जवान नविनकुमार यादवको निधन भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका लागि लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल पछाडि सवार २५ वर्षीय नविनकुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते चौधरीको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको, मृतकको शव पोष्टमार्टमका लागि पठाइएको तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।