‘सक्किगोनि’का इन्स्पेक्टर प्रहरीको फन्दामा

0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिका ८ गौरिघाटबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे बनेपा नगरपालिका १२ घर भई सोही स्थानमा डेरा गरी बस्दै आएका ४१ वर्षीय राजु महतको कोठाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ७० हजार रूपैयाँ र १६ बुक ताससहित शनिबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हास्यटेली शृङ्खला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्यसमेत रहेका छन् । ‘सक्किगोनि’मा उनी प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर भएको जनाइएको छ ।

उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार