काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागु औषध तीन किलो २५० ग्राम गाँजासहित धादिङ एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गजुरी गाउँपालिका ८ बस्ने ४५ वर्षीय गीता प्रसाद ढुङ्गाना रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस्तै, काठमाडौं महानगर २६ गोगंबु मित्रनगर डेरा गरी बस्ने सर्लाही लालबन्दी नगरपालिका ४ घर भएका २९ वर्षीय सुशान्त डुम्जनको कोठाबाट नियन्त्रित लागु औषध डाइजेपाम ११७ ट्याबलेट र एक एम्पुल, फेनारगन चार एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुल शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । यी घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।