0
Shares
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रुजन श्रेष्ठ पक्राउ परेका छन् । रामेछाप दोरम्बा शैलुङ गाउँपालिका ३ बस्ने १९ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही स्थानका ४१ वर्षीय गणेश पाठक सल्यानी भीरमा विं.सं. २०८० असार २० गते मृत अवस्थामा फेला परेको घटनामा श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिएको हो ।
अनुसन्धानका क्रममा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको छ ।