0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएसँगै बैठक बस्न लागेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद् भएको बताए । आज बुधबार दिउँसो भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका खुलेको छ ।