दुर्घटना भएको हेलिकप्टरमा सवार पाँच जनाको शव फेला (नामावालीसहित)

0 Shares

काठमाडौं । दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको पाइएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसी जान उडेको ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने चार जना सवार थिए । हेलिकप्टरमा चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाव झाले हेलिकप्टरमा चार जना यात्रु सवार भएको स्पष्ट पारे । ‘दुर्घटना भएको हेलिकप्टर खोज्न दुई वटा हेलिकप्टर खोज्न गएका छन्,’ उनले भने, ‘हेलिकप्टरमा चार जना यात्रु सवार थिए ।’ दुर्घटना भएको हेलिकप्टरमा सवार सबै पाँच जनाको शव फेला परेको छ ।

हेलिकप्टर दिउँसो १ बजेर ५४ मिनेटमा भक्तपुरको नलिनचोकबाट उडेको थियो । हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा नआएको बताइएको छ । शिवपुरी ७ सूर्य चउर एरियामा हेलिकप्टर देखिएको थियो ।

सम्बन्धित समाचार