नदी किनारमा बाघको आक्रमणबाट एक घाइते

0 Shares

काठमाडौं । भरतपुर महानगर १ स्थित नारायणी नदी किनारमा मर्निङवाक गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

आइतबार बिहान पैदल हिँडेका भरतपुर २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेको छ ।

सम्बन्धित समाचार