कपिलबस्तु बैठकमा विप्लवले पेस गरे १० एजेण्डा

0 Shares

काठमाडौं
नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले कपिलबस्तुमा चलिरहेको स्थायी समिति बैठक विभिन्न १० एजेण्डा प्रस्तुत गरेका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा विप्लवले श्रदाञ्जली, रिपोटिङ, वैचारिक राजनीतिक कार्य, संगठनात्मक कार्य, संघर्ष, आर्थिक, सांस्कृतिक काम, निर्माण तथा नमुना कार्य, प्रकाशन तथा प्रचार प्रसार, विविधसहित १० वटा एजेण्डा प्रस्तुत गरेका थिए ।
यसअघि विप्लवले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका थिए । समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले माओवादी केन्द्र सहित विचार मिल्नेसँग एकता गरेर जाने वकालत गर्दै आएका छन् । तर, पार्टी एकता गर्न वातावरण बन्न नसक्दा आफ्नै पार्टी बलियो बनाउन लागेका छन् । यस बैठकबाट विप्लवले पार्टीले लिने भावी रणनीतिका विषयमा स्पष्ट पारेर जाने नेताहरुले बताएका छन् । स्थायी समितिमा विप्लव सहित सात जना रहेका छन् ।

सम्बन्धित समाचार