0
Shares
काठमाडौं । नवनिर्वाचित १९ जना राष्ट्रिय सभाका सदस्यको सोमबार शपथ लिने भएका छन् ।
पूर्व निर्धारित कार्यक्रमअनुसार गत माघ ११ गते निर्वाचित भएका १९ जना सदस्यको पद तथा गोपनीयताको शपथ कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
कार्यक्रम बिहान साढे ११ बजे संसद भवनको ल्होत्से हलमा हुँदै छ । । उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यलाई शपथ ग्रहण गराउने भएकी छन् ।
आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका २० जना सांसदलाई बिदाइ गरिएको थियो ।
रिक्त २० मध्ये १९ जना निर्वाचनबाट चुनिएका छन् । एक जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।