बालिकालाई बलात्कारको आरोपमा चिनियाँ पुरुष पक्राउ

0 Shares

काठमाडौं । काठमाडौं महानगरको महांकालमा ११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महांकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको पुरुषलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

रिन्चोले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार