हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

0 Shares

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये बनेपा शाखा(२ लाई स्थानान्तरण गरेको छ ।

बैंकले साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट श्रावण १३ गते देखि सो स्थानमा एउटा नयाँ शाखाका रुपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंक का नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटिएम ६ हजार ५०० भन्दा बढी पीओस र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार