राजर्षीजनकको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीसहित तीन संगठनको तालमेल, मनोनयन दर्ता सम्पन्न

0 Shares

काठमाडौं । धनुषाको राजसी जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अखिल क्रान्तिकारीसहित तीन संगठनले तालमेल गरेर चुनाव लड्ने घोषणा गरेका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु र जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्षहरुले शनिबार तालमेल गर्न हस्ताक्षर गरेका हुन् ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलका अनुसार राजर्षीजनक विश्वविद्यालयमा साउन १७ चुनाव हुने तयारी भएको छ । सोहीअनुसार अखिल क्रान्तिकारीसहित तीन संगठनले तालमेल गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

राजनीतिक रुपमा जो जता भए पनि अखिल क्रान्तिकारीसहित तीन संगठनबीच चुनावी तालमेल भएकाले आफूहरू बलियो भएको रावलले दाबी गरे । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियु एक्लाएक्लै प्रतिस्पर्धा गर्न लागेका छन् ।

संयुक्त विद्यार्थी प्यानलबाट अध्यक्षमा श्याम साह (अखिल क्रान्तिकारी), सचिवमा अनरुद प्रसाद यादव (समाजवादी विद्यार्थी युनियन), कोषाध्यक्षमा प्रियंका यादव (अनेरास्ववियू) र उपाध्यक्षमा (अनेरास्ववियू)बाट सामानुपातिकबाट पाउने भएको छ ।

यस्तै सदस्यमा सुभानी साह (अनेरास्ववियू), सृष्टिकुमारी चौधरी (अनेरास्ववियू), प्रिया राय (अखिल क्रान्तिकारी), सर्वजित कुमार झा (समाजवादी विद्यार्थी युनियन), मनिष सिंह (समाजवादी विद्यार्थी युनियन)व छन् । उक्त विश्वविद्यालयमा कूल मतदाता विद्यार्थी संख्या ४७५ रहेका छन् ।

 

सम्बन्धित समाचार