0
Shares
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङका समर्थकहरूले पत्रकार धमला माथि हमला गरेका छन् ।
धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
केही दिनदेखि मेयर साम्पाङ र धमला बीचमा विवाद हुँदै आएको थियो । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महिलाहरूको अपमान गरेको भन्दै सञ्चारकर्मी धमलामाथि आक्रामक रूपमा खनिँदै आएका छन् ।