आज तीन प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

0 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाका अनुसार भोलि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार