0
Shares
काठमाडौं । शुक्रबार बिहान करिब ३ बजे त्रिशुली नदीमा बेपत्ता दुई बससहित यात्रुको खोजी घटना स्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म गरिने भएको छ ।
सशस्त्रको नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौजले घटना स्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदल गस्ती गर्ने भएको हो ।
शनिबार बेपत्ता भएका बसमा सवार तीन जनाको शव ५० किलोमिटर तल नारायणी नदीमा फेला परेको थियो । अन्य यात्रु र बस अझै भेटिएका छैनन् ।
वर्षासँगै आएको बाढीले भरतपुर महानगर २९ सिमलतालमा २८ गते बिहान वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३(००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३(०११ ख २५९५ नम्बरको बस त्रिशूलीमा खसेको थियो ।