एक महिनाको तलब नपाएपछि साहुँको हत्या

0 Shares

काठमाडौं । एक महिनाको तलब नपाएपछि भएको विवादमा कामदार दम्पतीले मोरङमा कुखुरा व्यवसायीको हत्या गरेको खुलेको छ । सुन्दरहरैँचा नगरपालिका ९ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका ४९ वर्षीय सहदेव बजगाईको हत्या भएको हो ।

बजगाईलाई उनकै फार्ममा काम गर्ने दम्पती उर्लावारी हाटखोलका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रतिसा पाँचकोटीले हत्या गरी फरार भएका थिए ।

पक्राउपछि दम्पतीले दिएको बयानअनुसार गत १० जेठदेखि मात्र बजगाईको कुखुरा फार्ममा तामाङ दम्पतीले काम गर्न थालेका थिए । कामदार दम्पतीलाई बजगाईले मागेको तलब नदिई रक्सी खाएर गाली गलौज गर्ने गरेका थिए ।

विवादसँगै बदला लिन फार्ममा सुत्न आएको मौका छोपेर उनीहरूले बञ्चरो र खुकुरी प्रहार गरी यही २६ गते बजगाईको हत्या गरेका थिए । बजगाईको शव विभत्स अवस्थामा २७ असार बिहान कुखुरा फार्ममा शव फेला परेको थियो ।

फरार दम्पतीलाई प्रहरीले धरानको बलभद्रेश्वर मन्दिरको धर्मशालामा बास बसेको अवस्थामा सोही दिन राति पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार