काठमाडौं । चितवनको भरतपुर महानगर २८ स्थित नारायण नदी किनारमा फेला परेको शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसको यात्रु भएको पुष्टि भएको छ । उक्त शव गणपति डिलक्सका यात्रु रहेको प्रहरीले जनाएको छ ।
नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव घटना स्थलभन्दा ५० किलोमिटर तल फेला परेको थियो ।
प्राप्त कागजातका आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको प्रहरीले जनाएको छ । उनी नेपालमै काम गर्दै आएका थिए ।
काठमाडौंबाट रौतहटको गौरतर्फ जाने क्रममा पहिरोले बगाउँदा दुई वटा बस त्रिशूली नदीमा बेपता भएको छ । जसमध्ये गणपति डिलक्सका बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको बसमा २९ जना सवार यात्रु थिए ।
घटना स्थलमा पाँच सयभन्दा बढी सुरक्षाकर्मीले खोजी जारी राखेको छ । शुक्रबार बिहान ३ बजे भएको घटनामा थप जानकारी पाउन सकेको छैन ।
यो पनि पढ्नुहोस्