काठमाडौँ । बिहीबार सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको भाउ बिहीबार प्रतितोला ८०० रुपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ३८० दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ०३ पैसामा कारोबार भइरहेको छ ।