हवाइजहाज बनाउने बोइङ कम्पनीले स्वीकार गर्‍यो ठगी धन्दा, ६४ अर्ब रूपैयाँ जरिवाना

0 Shares

काठमाडाैं । अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ । ब्लूमबर्ग रिपोर्टका अनुसार अमेरिकी न्याय विभाग (डीओजे)ले सन् २०१८-२०१९ मा दुई वटा दुर्घटनापछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लंघन गरेको फेला पारेको छ ।

बोइङले यस सम्बन्धमा २४३.६ मिलियन डलर अर्थात ६४ अर्ब रुपैयाँ जरिवाना तिर्न सहमत भएको छ । यसबाहेक कम्पनीले आगामी तीन वर्षमा विमानको सुरक्षामा ६४ अर्ब रूपैयाँ बराबर खर्च गर्ने भएको छ ।

पाँच महिनाको अवधिमा बोइङ कम्पनीको ७३७ म्याक्स विमान इण्डोनेसिया र इथियोपियामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा ३४६ जनाको ज्यान गएको थियो । यसपछि अनुसन्धान सुरु भएको थियो । अनुसन्धानमा विमानमा धेरै अनियमितता भएको खुलासा भएको छ ।

कम्पनीलाई मृतकका परिवारलाई भेट्न पनि भनिएको छ । बोइङ तीन वर्षसम्म अदालतको निगरानीमा रहने छ ।

अदालतका सदस्यहरूले उडान सुरक्षा जाँच गरी वार्षिक रूपमा सरकारलाई प्रतिवेदन बुझाउने छन् । यसो नगरेमा कम्पनीलाई जरिवाना तिर्नु पर्नेछ । एजेन्सी

सम्बन्धित समाचार