सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच समझदारी पत्रमा हस्ताक्षर

0 Shares

काठामडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाण्डौंबीच समझदारी भएको छ ।

दुई संस्थाबीच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्काररोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा आज असार २४ गते हस्ताक्षर भएको हो । सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भूमि व्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारले आफू मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रममा लैजाँदै गएको र सो अन्तर्गत नै अनलाईन मार्फत रोक्का÷रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भीडभाड नहुने र सेवाग्राहीले पनि सहज तथा सरल तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिएको भनाई विभागका महानिर्देशक सापकोटाले राखेका थिए ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का/रोक्का फुकुवा गर्दा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सहज तथा सरल हुने र वर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनी पुर्जाको कारोबारबाट बैंकलाई सुरक्षित राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्ति मिल्ने बिश्वास लिएको भनी आफ्नो भनाई राख्नु भएको थियो ।

सो कार्यक्रममा बैंकका तर्फबाट कर्जा प्रशासन विभाग, मर्केटिङ्ग विभागको समेत उपस्थिती रहेको थियो भने विभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक हरिकृष्ण सुवेदी, मालपोत तथा भुमिसुधार शाखा (जग्गा प्रशासन) का निर्देशक तथा विभागका प्रवक्ता रोशन शङ्कर घिमिरे, योजना तथा अभिलेख शाखाका निर्देशक बेद प्रसाद अर्याल, भु–सुचना प्रविधीका कम्प्युटर अधिकृत हरिशरण थापा लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार