अधिकारीले गरिन् महेशसँग इन्गेजमेण्ट

0 Shares

काठमाडौं । गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेण्ट गरेका छन् ।

आफूहरूले इन्गेजमेण्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्,’वी आर इन्गेण्ड ! आई लभ यू भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् ।

उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्यसमेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो । उनीहरूले केही चर्चित गीतसँगै गाएका छन् ।

सम्बन्धित समाचार