0
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ १० भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित भएका ऋणीलाई ऋणको किस्ता तिर्ने समय थप गरेको छ ।
राष्ट्र बैंकले एक सूचनामार्फत बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै असोज मसान्तमा किस्ता भुक्तानी गर्नुपर्ने प्रभावित ऋणीलाई पुस मसान्तसम्मको समय थप गर्न निर्देशन दिएको हो ।
निर्देशनअनुसार ऋणीको वित्तीय अवस्था, आयात तथा निर्यातमा परेको असर र कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई यस्तो सुविधा दिन सकिने छ ।
राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले प्रभावित ऋणीको अवस्था मूल्यांकन गरी २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ताको समयावधि पुस मसान्तसम्म थप गर्न सक्ने जनाएको हो ।