0
Shares
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको मूल्य थप बढेसँगै प्रतितोला २ लाख ९६ हजार ५ सय पुगेको जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा ४ हजार ४४० रुपैयाँ कायम भएको छ ।