अष्ट्रेलियामा महँगीले छुँदै आकाश, मुद्रास्फीति ४ प्रतिशतम पुग्यो

0 Shares

काठमाडौं । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको हो ।

अष्ट्रेलियाली तथ्यांक विभागका अनुसार, मुद्रास्फीतिको अन्तर्निहित अवस्था मापन गर्ने वार्षिक औसत दर भने लगातार तेस्रो महिनामा ३.६ प्रतिशतमा स्थिर रहेको छ । अर्थशास्त्रीहरूले अगस्टमा मुद्रास्फीति ४.१ प्रतिशत पुग्ने अनुमान गरेका थिए । अन्तर्निहित मुद्रास्फीति दर ३.६ प्रतिशतकै आसपास रहने अपेक्षा गरेका थिए ।

तथ्यांक विभागका अनुसार अगस्टसम्मको एक वर्षमा आवाससम्बन्धी मूल्य ५.७ प्रतिशत बढेको छ । जुन वार्षिक मुद्रास्फीतिको सबैभन्दा ठूलो कारण बनेको छ । त्यस्तै, इन्धनको मूल्य बढेका कारण यातायातसम्बन्धी मूल्य ५.६ प्रतिशत बढेको छ ।

यो तथ्यांक अष्ट्रेलियाको केन्द्रीय बैंकले मंगलबार नगद ब्याजदर ४.३५ प्रतिशतबाट बढाएर ४.६० प्रतिशत पुर्‍याएको भोलिपल्ट सार्वजनिक भएको हो । यो दर नोभेम्बर २०११ यताकै उच्च हो ।

केन्द्रीय बैंकले ब्याजदर वृद्धिको कारणका रुपमा कृत्रिम बौद्धिकताको तीव्र विस्तार र मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न मुद्रास्फीतिजन्य दबाबलाई उल्लेख गरेको थियो ।

सम्बन्धित समाचार