प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

0 Shares

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो।

जम्मा रकममध्ये नौवटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ।

कोषमा जम्मा भएको रकममध्ये यसअघि १ अर्ब रुपैयाँ रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ।

भोटेकोशी बाढीपछि सरकारले राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आह्वान गर्दै आएको छ। पछिल्लो समय विभिन्न व्यक्ति, व्यवसायी, बैंक तथा वित्तीय संस्था र संघसंस्थाबाट कोषमा सहयोग आउने क्रम बढेको छ।

सम्बन्धित समाचार