भोटेकोशी बाढी पीडितका लागि क्षेत्री समाज नेपाल सुनवल नगर कमिटीद्वारा एक लाख २७ हजार सहयोग

0 Shares

काठमाडौं । नेपाल-चीन सीमावर्ती क्षेत्रमा गएको हिमका कारण गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका विभिन्न जिल्लाहरूमा भएको ठूलो मानवीय एवम् भौतिक क्षतिप्रति क्षेत्री समाज नेपाल, सुनवल नगर कार्य समितिले दुःख व्यक्त गर्दै सहयोग गरेको छ ।

बाढीमा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै, शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै सरकारसँग मृतकका परिवारलाई उचित राहत र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।

प्रभावित क्षेत्रका बाढी पीडितहरूलाई राहत एवम् पुन:र्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले क्षेत्री समाज नेपाल सुनवल नगर कार्य समितिको गत १४ गते बसेको बैठकको निर्णयअनुसार राहत रकम संकलन गरिएको थियो । सुनवल नगरभित्रका वडा नं. १ देखि १३ सम्मका वडा अध्यक्ष, वडा कार्यसमिति, नगर, प्रदेश, जिल्ला तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूबाट प्राप्त कुल एक लाख २७ हजार ३१९ रुपैयाँ रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंक खातामा जम्मा गरिएको छ ।

संस्थाका अध्यक्ष गुप्त बहादुर के.सी. र सचिव कृष्ण बहादुर के.सी.द्वारा जारी विज्ञप्तिअनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित परिवारहरूलाई थोरै भए पनि राहत उपलब्ध गराउने प्रयास स्वरूप रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

राहत संकलनको विवरण (वडा तथा व्यक्तिगत सहयोग):

१. वडा कार्य समितितर्फबाट प्राप्त सहयोग:

वडा नं. १: रु. १०,१०५/-
वडा नं. २: रु. ५,५५५/-
वडा नं. ३: रु. ४,०००/-
वडा नं. ४: रु. ५,०००/-
वडा नं. ५: रु. १०,०००/-
वडा नं. ६: रु. ९,०००/-
वडा नं. ७: रु. १०,०००/-
वडा नं. ८: रु. ५,५५५/-
वडा नं. ९: रु. ४,२२५/-
वडा नं. १०: रु. ३,५००/-
वडा नं. ११: रु. ७,०००/-
वडा नं. १२: रु. ०/- (सहयोग नरहेको)
वडा नं. १३: रु. ५,३४०/-

२. व्यक्तिगत सहयोगदाताहरू:

गुप्त बहादुर के.सी. (अध्यक्ष): रु. ११,१११/-
कृष्ण बहादुर के.सी. (सचिव): रु. ११,१११/-
दल बहादुर के.सी.: रु. २५,०९/-
कमला थापा: रु. २५,००/-
क्या. हरि बहादुर क्षेत्री: रु. २५,००/-
देव बहादुर क्षेत्री: रु. २४,९९/-
आनन्द क्षेत्री: रु. २,१०५/-
चन्द्र बहादुर भुषाल क्षेत्री: रु. २,०००/-
लोक बहादुर रायमाझी क्षेत्री: रु. ११,११/-
लोक बहादुर के.सी.: रु. ११,०८/-
हेमराज पौडेल क्षेत्री: रु. ११,०५/-
लाल बहादुर क्षेत्री: रु. ११,०५/-
ईश्वरी कुंवर: रु. ११,०५/-
बुद्धि बहादुर रायमाझी: रु. ११,०५/-
मनोज कुमार कार्की: रु. ११,००/-
जंग बहादुर बोहोरा: रु. ११,००/-
तारा बहादुर क्षेत्री: रु. १०,५५/-
तुलसीदेवी क्षेत्री: रु. १०,०५/-
दिपा क्षेत्री: रु. १०,०५/-

सम्बन्धित समाचार