पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

0 Shares

बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका ५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

सडकमाथिबाट पहिरोका कारण बैतडी-जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो । आज बिहान सडक खण्डमाथिबाट ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

उनले अहिले जेसिबीले सडकमा खसेको पहिरो हटाउने काम भइरहेको जानकारी दिए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

सम्बन्धित समाचार