धादिङ सदरमुकाम जोड्ने वैकल्पिक राजमार्ग बन्द, मर्मतको काम हुँदै

0 Shares

काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका २ फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै परेवाटार-पिपलटार-आदमटार-बेलिनटार-मास्टर सडक मर्मत सम्भारका लागि बन्द गरिएको जनाएको हो ।

प्रशासनका अनुसार मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ । उक्त अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

पृथ्वी राजमार्गमा बाढीका कारण पक्की पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा उक्त सडक प्रयोग हुँदै आएको थियो ।

सम्बन्धित समाचार