0
Shares
काठमाडौं । धादिङको गजुरी गाउँपालिका २ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध सडकमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ ।
प्रहरीले पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । आज बिहान करिब ५ः४५ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।