ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

0 Shares

कैलाली । बर्दगोरिया गाउँपालिका १ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ ।

आज बिहान बर्दगोरिया १ स्थित मुडा पुल नजिकै उनी सवार से १-०१-००१ ख नम्बरको स्कुटरलाई नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १-०१-०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी नेत्री सापकोटालाई दोदोधरा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक दिनेश गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

नेत्री सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेबाट उम्मेदवारसमेत बनेकी थिइन् ।

सम्बन्धित समाचार