थवाङ पहिरोबाट थप एक जनाको शव निकालियो, मृतकको संख्या १२ पुग्यो

0 Shares

रोल्पा । जिल्लाको थवाङ गाउँपालिका ५ कोटलबारा गाउँमा बुधबार राति गएको पहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव शनिबार फेला परेको छ । योसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ भने एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार पहिरोमा परी बेपत्ता भएका थवाङ ५ कोटलबारा निवासी अन्दाजी ८० वर्षीय अजम्बर पुनमगरको शव प्युठानको सरुमारानी गाउँपालिका २ ददेरीस्थित राप्ती नदीको बीच भागमा फेला परेको हो ।

फेला परेको शव मृतकका भतिजा सुशील पुनले अजम्बर पुनमगरकै भएको सनाखत गरेको प्रहरीले जनाएको छ । पहिरोमा परी थवाङ ५ निवासी अन्दाजी नौ वर्षीय अशिम पुनमगर अझै बेपत्ता छन् ।

सम्बन्धित समाचार