0
Shares
काठमाडौँ। सांसद प्रकाश सिंह कार्कीले टेकुबाट ग्यास बिक्री वितरण गरेको बहाना देखाएर निगम तर्किन नहुने बताएका छन् । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले भने ‘टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुर ,कीर्तिपुर कुना कुनाका मान्छे कसरी आउँछ । फेरि यताउता गरेर हाफ सिलिन्डरमा लाने हो भने मात्रै हो । पेट्रोलियमको कानुन नै रहेनछ । तर कानुन नभए कसलाई कारबाही गर्ने । यहाँ बसेका सरकार पक्ष , उद्योगी र उपभोक्ता अधिकारकर्मी सबैको कुरा बाझियो ।’
साथै उनले तत्काल कानुन बनाउनुपर्नेमा जोड दिँदै भने ‘बजार अनुगमन पनि जिरो छ । खबर गरेर सेटिङ्मा गर्ने कि उपभोक्ताको हितका लागि ? सबै निगमका कर्मचारी यहीँ हुनुहुन्छ ।’