काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बिमित काफ्लेले वि।सं। २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे अवधिको १ करोड बीमाङ्क भएको जीवन बीमा गरेका थिए ।
उक्त बीमा योजनासँगै पूर्ण अशक्तता सुविधाअन्तर्गत ५० लाख बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए । केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो । उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुरूप रहेको पुष्टि भएपछि कम्पनीले सोही सुविधाअनुसार दाबी रकम भुक्तानी गरेको हो ।
उक्त दाबी भुक्तानीसँगै बिमितले ५० लाख बराबरको बीमा शुल्क छुट सुविधासमेत पाएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छिटो, पारदर्शी तथा विश्वास योग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निरन्तर पूरा गर्दै आएको छ ।
कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहक तथा उनका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर कायम राख्ने विश्वास व्यक्त गरेको छ ।