0
Shares
काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ । आज सुन तोलामा ६०० रुपैयाँले र चाँदी तोलामा ८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०१९।०१ अमेरिकी डलर र चाँदी ५६।९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।