0
Shares
काठमाडौं । गोन्कालो रामोसले इन्जुरी समयमा निर्णायक गोल गरेसँगै पोर्चुगल जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गर्दै विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।
एक गोलले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डो र रामोसको गोलमा पोर्चुगलले पुनरागमन जित हात पारेको हो । योसँगै पोर्चुगलले अब स्पेनसँग खेल्ने पक्का भएको छ ।
खेलमा इभान पेरिसिसचले ५३औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर, क्रिस्टियानो रोनाल्डोले ६८औँ मिनेटमा पेनाल्टीबाट बराबरी गरे ।
पेनाल्टीमार्फत गोल गरेसँगै रोनाल्डोले पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गरेका छन् । निर्धारित समयमा १-१ को बराबरी अवस्थामा रामोसले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा हेडमार्फत गोल गरे ।