0
Shares
काठमाडौं । सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारी जेल चलान भएकी छन् । उनलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बिहीबार दिएको हो ।
तुल्सासिहत १० जना जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) दर्ता गरेको मुद्दामा बिहीबार सुनुवाइका क्रममा न्यायाधीश टेकनाथ गौतमको इजलासले यस्तो आदेश दिएको हो ।
तुल्सासहितविरुद्ध कुमार चिमोरियाको जाहेरीले मुद्दा अघि बढेको थियो । उक्त मुद्दामा टिकटकर अधिकारी र अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी थिए ।