0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार विश्व बजारमा सुन प्रतिऔंस ४ हजार ७२५ अमेरिकी डलर र चाँदी प्रतिऔंस ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।