महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा

0 Shares

काठमाडौं। माइतीघरमा आज भएको झडपमा संलग्न एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई प्रहरीले हिरासतमा राखेको छ । शोभा पाठक नामकी युवतीमाथि आक्रमणको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो ।

माइतीघर मण्डलामा सुधन गुरूङलाई फेरि गृहमन्त्री बनाउन माग गर्दै धर्नामा केही महिला धर्नामा बसेका बेला झडप भएको थियो । झडपमा शोभा पाठक घाइते भएको जनाइएको छ । उनी ट्रमा सेन्टरमा उपचाररत छिन् ।

ट्रमाबाट स्टाटस लेख्दै पाठकले आफूमाथि महेश बस्नेतकी पत्नी र नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको बताएकी छन् ।

 

सम्बन्धित समाचार