भीष्मराजलाई संसदीय दलको नेता बनाउन कांग्रेसभित्र सहमति

0 Shares

काठमाडौं । नेपाली कांग्रेसमा भीष्मराज आङदेम्ब संसदीय दलको नेता बन्ने भएका छन् । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको समितिले संसदीय दल नेताका लागि उनको नाममा सहमति जुटाएको हो ।

पूर्वसहमहामन्त्री अर्जननरसिंह केसीले दलको नेताको दाबी छाडेपछि आङ्देम्बे सर्वसम्मत संसदीय दलको नेता बन्ने भएका हुन् ।

आङदेम्बे पार्टीको पूर्वसहमहामन्त्री तथा समानुपातिकबाट सांसद बनेका हुन् । आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा सभापति गगन थापाले आङदेम्बेका नाम सर्वसम्मतका लागि पेश गर्ने भएका छन् ।

केन्द्रीय कार्य सम्पादन समितिबाट अनुमोदन भएपछि आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने दलको बैठकले नेता चयन गर्ने छ । गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिक सांसद आङदेम्बेलाई दलको नेता बन्ने भएका हुन् ।

सम्बन्धित समाचार