0
Shares
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को एकता संयोजन समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ते पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।
बैठकमा संगठनात्मक कार्यविभाजन, महाधिवेशन लगायत महत्वपूर्ण विषयमा निर्णय हुने उनले बताए । नेकपा २७ दल मिलेर एकता भएको हो । पार्टी एकता भएपछि संयुक्त महाधिवेशन गर्ने तयारी गरिएको छ । कति महिनाभित्र गर्ने भन्ने बारेमा निर्णय हुने उनले बताए ।
नेकपाले असोजमा महाधिवेशन गर्ने तयारी गरे पनि मिति भने टुंगो लागेको छैन ।