0
Shares
काठमाडौं । मंगोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ ।
यस हिउँदमा हालसम्म औसत हिमपात ९.६ मिलिमिटर पुगेको मौसम अनुगमन निकायले जनाएको छ ।
मंगोलियाका लगभग सबै प्रान्तमा बारम्बार भारी हिमपात भएको छ । हिमपातका कारण यस हिउँदमा चरम चिसोको अनुभव गरिएको एजेन्सीले जनाएको छ ।
देशको ८० प्रतिशतभन्दा बढी भाग हिउँले ढाकेको छ । सोमबारसम्म अत्यधिक चिसो मौसमका कारण हुने पशुको मृत्युको संख्या ६ लाख ६७ हजार ८४१ पुगेको छ ।
मंगोलिया संसारको नोमाडिक देशहरूको मध्ये एक हो । यहाँ लगातार कडा हिमपात, धुलो, आँधीहुरी आइरहने कठोर महाद्वीपीय जलवायुले युक्त छ ।