0
Shares
काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले परिश्रमीलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे।
उनले भने ‘उहाँलाई प्रहरीले पक्राउ गरेको छ। यहाँ (परिसर) चाहिँ ल्याइसकिएको छैन। उहाँ ‘होल्ड’मा हुनुहुन्छ।’
प्रहरीले बिहीबार साँझ मात्र बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्ती खाली गर्न भनेको थियो।