लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

0 Shares

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

काठमाडौँ महानगर १२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगर ३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका ३ कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई, हेटौँडा उपमहानगर १० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।

यसैगरी, बाँकेको खजुरा गाउँपालिका २ बाट ब्राउन सुगरसहित दुई, कैलालीको धनगढी उपमहानगर ८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक, तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट एक, विराटनगर महानगर १५ दुई नम्बर ढाटबाट एक र कपिलवस्तुको शिवराज नगरपालिका ६ वीरपुरबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित समाचार