गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने

0 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका उनले आफूले पिर्के सलामी नलिने निर्णय गरेको सुनाएका हुन्। नवलपुरस्थित सशस्त्रको कार्यालयमा उनलाई डीएसपी लक्ष्मण बरालले स्वागत गरे।

उनले त्यहाँ जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी राना, एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंहलगायतसँग जिल्लाको शान्ति सुरक्षा, सुरक्षा जोखिमलगायत विषयमा छलफल गरेका थिए।

पृथ्वीराजमार्गको सडक निरीक्षण गर्दै शनिबार उनी चितवन पुगेका थिए। आज बिहानै चितवनका गृहप्रशासनका कर्मचारीहरूसँग छलफल सकेर उनी नवलपुर पुगेका हुन्।

सम्बन्धित समाचार