0
Shares
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ४ बाट स्रोत नखुलेको नगद आठ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका ४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका १ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।
भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा उक्त रकम बरामद भएको हो ।